Breaking News
भाटभटेनीको सामान बोकेको ट्रक त्रिशुलीमा खस्यो
०

विनोद श्रेष्ठ
चितवन, साउन १५–
चितवनको इच्छाकामना गाउपालिका–५ स्थित मुग्लिन नजिकैबाट आज (बिहीबार) बिहान एउटा ट्रक त्रिशुली नदीमा खसेको छ ।
अन्दाजी ७ः३० बजेको समयमा बिराटनगरबाट काठमाडौं जाँदै गरेको भाटभटेनीको सामग्री बोकेको ना ३ ख ८९८७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । ट्रक पुरै नदिमा डुबेकोले देखिएको छैन ।

विपरीत दिशाबाट आउदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रकसंग ठोक्किएर सो ट्रक त्रिशुलीमा खसेको हो । ट्रकका चालक राजेन्द्र बस्नेत भने हामफालेर बाच्न सफल भएका छन् । उनको अहिले मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने अर्को ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























