चितवन विशेष
भरतपुर १० को वडा कार्यालय शिलान्यास
०

भरतपुर,साउन १४-
भरतपुर महानगरपालिका–१० को नयाँ भवन आज शिलान्यास गरिएको छ । महानगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको छ ।
जिल्ला समन्वय समितिले उपलब्ध गराएको जग्गामा भवनको शिलान्यास गरिएको हो । दुई हजार ३१९ वर्ग फिटको सो भवन २०७७ साल चैत १० गते सम्पन्न गर्ने गरी धुलिखेल निर्माण सेवा वानेश्वरले जिम्मा लिएको हो । रु एक करोड ५७ लाख १३ हजार ४०० मा निर्माण सम्पन्न हुनेछ । दुईतले सो भवनमा छ कोठा र एउटा सभाहल रहने महानगरपालिकाका डिभिजन इन्जिनीयर रत्न लामिछानेले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























