Breaking News

माडीका चेपाङ र सुकुम्बासी समुदाय आन्दोलित, बस्ती स्थानान्तरण गर्ने मेयर ढकालको प्रतिवद्धता

Banner

चितवन, साउन १४–

चितवनको माडी नगरपालिकामा बसोबास चेपाङ र सुकुम्बासी समुदाय आन्दोलित भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले हात्ती लगाएर दुई चेपाङको घर भत्काएको र निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको कुटाईबाट चेपाङ युवकको मृत्यु भएको बिरोधमा आज माडीको बसन्तपुर बजारमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

बाँदरझुला सुकुम्बासी संघर्ष समिति, कुसुमखोला बस्ती व्यवस्थापन संघर्ष समिति र पौहारी बाढीपीडित बस्ती व्यवस्थापन संघर्ष समितिले संयुक्त रुपमा प्रदर्शन गरेको हो । उनीहरुले केहीबेर ¥याली निकाल्दै माडी नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका छन् ।

उनीहरुले कुसुमखोला बस्तीमा आगजनी गर्ने र हात्ती लगाएर घर भत्काउनेलाई कारवाही गर्नुपर्ने, बाँदरझुलाको भित्रको आवादी जग्गामा ट्याक्टर लगाएर जोत्न पाउनुपर्नेलगायतका १५ बुँदे माग राख्दै प्रदर्शन गरेका हुन् । बाँदरझुला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष राजकुमार चेपाङले माग पुरा नगरिए साउन १८ गतेदेखि माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी र नगरपालिकामा अनिश्चितकालिन धर्ना दिने जानकारी दिए ।

एक महिनाभित्र बस्ती स्थानान्तरण गर्छौः मेयर ढकाल

नगरपालिका अगाडि नै चेपाङ र सुकुम्बासी समुदाय धर्नामा बसेपछि नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले उनीको माग सम्बोधन गर्ने प्रयास गरेका छन् ।

उनीहरुको अगाडि सम्बोधन गर्दै मेयर ढकालले एक महिना भित्रमा कुसुमखोलामा रहेका बाँकी सबै घरलाई राइटोल या परुई खोलामा स्थानान्तरण गर्ने प्रतिवद्धता जनाए । उनले राइटोलमा निकुञ्जले घर बनाउन रोकेको भन्दै आन्दोलन स्वरुप पुनः नगरपालिकाले घर निर्माण गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>