चितवन विशेष

लायन्स क्लब भरतपुर उज्यालोको पद हस्तान्तरण

Banner

चितवन, साउन १३–

लायन्स क्लब अफ भरतपुर उज्यालोको चौथो पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम मंगलबार नारायणगढमा सम्पन्न भएको छ ।

यसअघि जुम मिटिङबाट पद हस्तान्तरण गरिए पनि लकडाउन खुलेसंगै औपचारिक रुपमै पद हस्तान्तरण गरिएको सचिव अमृता भट्टराईले जानकारी दिइन् ।

वर्ष २०१९/२० को कार्यसमितिले वर्ष २०२०/२१ की अध्यक्ष लक्ष्मी रिजाल नेतृत्वलाई पद हस्तान्तरण गरेको हो । कार्यक्रम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टको प्रमुख आतिथ्यता एवंम क्लबका निवर्तमान अध्यक्ष विकास पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा रिजन चियर पर्सन विष्णुप्रसाद कंडेल, जोन चियर पर्सन ऋतु गिरी, सतनचुली होटेलका संचालक तथा रोटरी क्लबका पूर्व अध्यक्ष बद्री अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>