चितवन विशेष
चितवन माविको व्यवस्थापन समिति गठन विवादः नेविसंघले लगायो ताला

चितवन, साउन १३–
भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयमा मा नेपाल विद्यार्थी संघ चितवनले ताला लगाएको छ ।
विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा सहमति अनुसार नभएको भन्दै नेविसंघले विद्यालयको मुल गेटमै तालाबन्दी गरेको हो । यही विषयमा नेपाली काँग्रेस भरतपुर–१० ले समेत ध्यानाकर्षण पत्र बुझाई सकेको छ । उपाध्यक्ष विनिता चापागाई नेतृत्वको टोलीले विद्यालयको मुल भवनमा ताला लगाएको हो ।
गत वर्ष माघ ८ गते भरतपुर महानगरपालिका वडा नं १० का विभिन्न सरकारी विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिती निर्माण गर्ने भएको सहमति विपरीत काम भएको भन्दै नेविसंघले ताला लगाउन बाध्य भएको उपाध्यक्ष चापागाईले बताइन् । सोही सहमतिको आधारमा नारायणी नमुना माविमा टेकबहादुर थापाको अध्यक्षतामा समिति गठन भइसकेको छ भने भरतपुर माविमा समिति गठनका लागि नामावली सहित प्रक्रिया अघि बढी सकेको अवस्थामा सहमति अनुसार चितवन माविमा नेपाली काँग्रेस समर्थित व्यक्ति अध्यक्ष हुनुपर्ने थियो । तर त्यसो नभएकाले नेविसंघले ताला लगाएको हो ।
लोकतन्त्रको मूल्य, मान्यता र दलिय सहमतिलाई लत्याउदै गैर जिम्मेवारी र अशोभनिय तरिकाबाट महानगरपालिकाको सिफारिसमा विद्यालयहरुमा एकल रुपमा स्वघोसित समिती गठन गरिएको प्रकृया प्रति नेविसंघले भत्र्सना गरेको उपाध्यक्ष चापागाईले बताइन् । उनले सहमतिलाई तत्काल कार्यान्वयमा ल्याउन महानगरपालिका र सम्बन्धित पक्षलाई अनुरोध गरिन् ।

























