मकवानपुर

वाग्मती प्रदेश प्रमुखद्धारा विधेयक प्रमाणीकरण

Banner

हेटौंडा,साउन १३-

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेशसभाको बैठकबाट पारित भई आएको एउटा विधेयकलाई आज यहाँ प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले प्रमाणीकरण गर्नुभएको विधेयक अन्तरप्रदेश बासिन्दाको सम्मान, सुरक्षा, व्यवहार र सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताउनुभयो । प्रदेशसभाको गत साउन ५ र ६ गते बसेको बैठकले चार वटा विधेयक पारित गरिएको भए पनि अहिले तीन वटा विधेयकलाई प्रदेश प्रमुख प्रसाईले प्रमाणीकरण गर्नुभएको प्रदेशसभा सचिवालयका सहप्रवक्ता विनोदप्रसाद पौडेलले जानकारी दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>