चितवन विशेष

जिबि र अपेक्षाको तीज गीत ‘माइतीको देशैमा’ सार्वजनिक (भिडियोसहित)

Banner

नविन नेपाल

चितवन, साउन १३–

चितवने गायक जिबि सुनार र गायिका अपेक्षा गिरीले नयाँ तीज गीत लिएर बजारमा आएका छन् । ‘माइतीको देशैमा’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

गायिका गिरीलाइ यसपालीको तीजमा माइती देशमा जान साह्रै रंग भएको गीतमा प्रस्तुत गरेकी छिन् । भाइ लिन आउछु भन्दा पनि पोहोर माइत जान नपाएको पीडा त छदै छ झन त्यसै माथी बुढी आमाको झल्कोले पिरोलेको छ।

विगत पाँच वर्षदेखि गायन छेत्रमा लागेकी उनी पछिल्लो समय एकपछि अर्को उत्कृष्ट गीतहरु बजारमा प्रस्तुत गर्दै आइरहेकी छन् । मोफसलमा बसेर चर्चा कमाउन सफल गायिका गिरीले यस पटक पनि तीजमा अर्को उत्कृष्ट गीत दर्शक तथा स्रोताका माझ गीत पस्केकी छन् ।

चर्चित सर्जक जिबि सुनारको लय, शब्दमा पोहोर साल ‘माइती देश’ तीजको गीत बजारमा ल्याएर चर्चा कमाउन सफल भएकी गायिका गिरीले गत वर्ष सुनिल गिरीसंगको सहकार्यमा ‘सोल्टिनी’ गीत बजारमा ल्याएर चर्चा कमाउन सफल भएकी थिइन्।

यस गीतमा पनि चर्चित गायक तथा सर्जक जिबि सुनार मिठो स्वर सुन्न सकिन्छ । जिबिकै लय, शब्द तथा आवाजमा गायिका गिरीको आवाजमा तयार भएको गीत निकै उत्कृष्ट तथा मार्मिक शब्दामा बनेको छ । हालै मात्रै सार्बजनिक गरिएको माइती देश–२ गीतलाई छोटो समयमा धेरै स्रोता दर्शकले रुचाइ सकेका छन्। गीतलाइ जिबि सुनारले निर्देशन गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>