Breaking News

हाम्रा टाउका गनेर प्रचण्ड र माधवले पदको बार्गेनिङ गरेः भीम रावल

Banner

काठमाडौं,साउन १४-

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले पार्टी विवाद नीति र सिद्धान्तलाई छाडेर पदमा केन्द्रित भएको बताएका छन्। बालुवाटारमा मंगलबार भएको अध्यक्ष केपी शर्मा ओलीइतरका स्थायी कमिटी सदस्यको बैठकमा बोल्दै रावलले अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले पदका लागि प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरिरहेको बताए।

‘तपाईंहरू हाम्रा टाउका गन्ने र पदको बार्गेनिङ गर्ने गर्न थाल्नुभयो,’ रावलले भने,‘पदबाहेक अरू कुरालाई गौण बनाइएको छ। यही ताल हो भने सधैं साथ दिन गाह्रो हुन्छ।’ यसअघि बैठकमा बोल्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकतालाई जोगाइ राख्न आफूले दिएका ६ सुझावलाई आत्मसात् गरेर अघि बढ्नु पर्ने बताएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>