Breaking News

लकडाउन खुला भएसँगै कोरोना संक्रमणको उच्च जोखिममा काठमाडौं उपत्यका

Banner

काठमाडौं, साउन १३-

सरकारले साउन ६ गते मध्यरातदेखि लकडाउन अन्त्य भएको घोषणा गरेपनि कोरोना संक्रमणको दर घटेको छैन ।

लकडाउन खुलेसँगै राजधानीका अधिकांश क्षेत्रमा भिडभाड देखिन्छ । सामाजिक दुरी कायम गरिएको पाईदैन । यात्रुबाहक सवारी साधनमा समेत मानिसहरु बाक्लिएका छन्।

लकडाउन खुला गरिएसँगै काठमाडौं उपत्यका कोरोना भाइरस महामारीको उच्च जोखिममा छ । अर्कोतर्फ सरकारले परीक्षणको दायरा पनि खुम्च्याएको छ।

सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ ।

सरकारले असार २६ गतेदेखि उपत्यकाको हकमा तीन जिल्लाभित्र र बाहिरको हकमा जिल्लाभित्र सवारी साधन चल्ने निर्णय गरेको थियो । त्यसअघि नै निजी सवारी साधन खुला गरिएका थिए। भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन चल्ने निर्णय भइसकेको छ। लकडाउनका कारण गाउँ गएकाहरु निरन्तर काठमाडौं फर्किरहेका छन्।

उपत्यका फर्कँदा स्वास्थ्य परिक्षणको रिपोर्ट र आफू बस्न स्थानीय निकायको अनुमति चाहिनुपर्ने व्यवस्था गरिएपनि यसको कार्यान्वयन पक्ष फितलो रहेको अधिकारीहरु बताउँछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>