चितवन विशेष
रत्ननगरको तरकारीचोकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, चालक फरार
०

चितवन, साउन १३-
पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारीअनुसार उपचारका क्रममा अन्दाजी ३१ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन ।
पूर्वबाट पश्चिमतर्फ आइरहेको ना४ख ४१५५ नंको ट्रकले विपरीत दिशातर्फ गइरहेको ना४७प ६१८९ नंको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकलाई नियन्त्रणमा लिइएको र चालक फरार रहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























