Breaking News

विप्लवका चितवन इन्चार्ज बिसी पक्राउ

Banner

चितवन, साउन १३–

नेपाल सरकारद्धारा प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसी पक्राउ परेका छन् । चितवन प्रहरीले बिसीलाई सोमबार राती ८ः३० बजेको समयमा पूर्वीचितवनको राप्ती नगरपालिका–९ रसौलीस्थित हुकुम भन्ने होमबहादुर खडका घर नजिकैबाट नियन्त्रणमा लिएको हो ।

दैलेख गुराँस गाउँपालिका–७ बस्ने ३५ वर्षीय बिसी केही समय पहिलेदेखि विप्लवको चितवन इन्चार्ज हुन् । गोप्य रुपमा प्राप्त सूचनाको आधारमा बिसीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै प्रहरीले बिसीसंगै विप्लव नेतृत्वकै नेकपाको भातृ संगठन क्रान्तिकारी ट्रेड युनियन चितवनका अध्यक्ष हुमबहादुर खड्कालाई पक्राउ गरेको छ । राप्ती–९ निवासी खड्कालाई घरबाटै पक्राउ गरिएको हो । बिसी र खड्का संगै रहेको अवस्थामा पक्राउ गर्न सफल भएको हो ।

यस्तै नेपाल दलित मुक्ति मोर्चाका महासचिव सुर्खेत उत्तरगंगा गाउँपालिका–८ बस्ने ४६ वर्षीय रामलाल विक, पद नखुलेको भरतपुर महानगरपालिका–२८ का ४४ वर्षीय भिमनारायण श्रेष्ठ र राप्ती–९ रसौली निवासी २७ वर्षीय दानबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

उनीहरुको थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>