Breaking News

कोरोनाबाट ज्यान गुमाउने ६ लाख ५० हजार नाघेपछि डब्ल्युएचओ भन्छ – गम्भीर आपत्कालीन संकट

Banner

काठमाडौं, साउन १३-

कोरोना भाइरसको महामारी विश्वभर अहिलेसम्मकै गम्भीर आपत्कालीन संकट भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चेतावनी दिएको छ ।

कोरोना महामारीको चपेटामा परेर ज्यान गुमाउनेको संख्या ६ लाख ५० हजार नाघेपछि डब्ल्युएचओले उक्त चेतावनी दिएको हो ।

विश्वभर जनवरी ३० मा स्वास्थ्य आपतकालको घोषणा गर्दा चीनबाहिर एकसय जनामा पनि कोरोना संक्रमण नदेखिएको तथा कसैको मृत्यु नभएको डब्ल्युएचओले स्मरण गराएको छ ।

तर, यो अवधिमा मृतक मात्रै ६ लाख ५० नाघ्नु र संक्रमित संख्या १ करोड ६६ लाखभन्दा बढी पुग्नुले खराब अवस्थालाई चित्रित गरेको डब्ल्युएचओका प्रमुख डा.टेड्रोस अडानोम गेबेरियससले बताए ।

‘कोरोनाले संसारलाई परिवर्तन गराइदिएको छ । यसले व्यक्ति, समुदाय र राष्ट्रलाई नै एकसाथ अलग्याईदिएको छ,’ डा.गेबेरियससले भने, ‘पछिल्लो ६ हप्तामा त अझ संक्रमित संख्या दोब्बरले बढेको छ, जुन चिन्ताको विषय हो ।’

गबेरियससले लामो समयको लकडाउन कोरोनाको जोखिमबाट जोगिन उपाय नभए पनि मास्कको प्रयोगसँगै सरसफाइ र सेनिटाइजर प्रयोगमा पनि पर्याप्त ध्यान नदिइएकोमा चिन्ता व्यक्त गरे ।

यसअघि जिका भाइरस, स्वाइन फ्लू, पोलियो र इबोलामा पनि स्वास्थ्य संकटकाल लगाइएको भए पनि यो स्तरको नभएको ठहर गरेको उसले यसबारे यसै साता आपत्कालिन समितिले समिक्षा गर्न लागेकोसमेत उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>