चितवन विशेष

सहकारी संजालको अध्यक्षमा गिरी

Banner

चितवन, साउन १२–

पूर्वीचितवनको रत्ननगरमा छरिएर रहेका सहकारीहरुलाई एकीकृत गरी सहकारी संजाल गठन गरिएको छ ।

उत्पादनशील कार्यमा नगरपालिकासंग सहकार्य गर्न सहकारीको संजाल गठन गरिएको हो । संजालको अध्यक्षमा ऋतु गिरी चयन हुनु भएको छ । गिरी उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष समेत हुनुहुन्छ ।

सहकारीका अध्यक्ष तथा प्रतिनिधीहरुको भेलाले गिरीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरेको हो । रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् । नगरभित्र २३ वटा बचत तथा ऋण सहकारी, १९ वटा कृषि सहकारी, ११ वटा दुग्ध सहकारी, ५ वटा बहुउद्देश्यीय सहकारी, ४ वटा पर्यटन सहकारी, ३ वटा सामाजिक उद्यमी सहकारी, एक संचार सहकारी र एक जडीबुटी सहकारी रहेका छन् ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारीहरु बचत र ऋण प्रवाहमा मात्र केन्द्रित भएकाले उत्पादनशील काम गर्नुपर्ने बताउनुभयो । ‘सहकारीसंग धेरै रकम हुन्छ’ मेयर वनले भन्नुभयो–‘सहकारीलाई एकीकृत गरी समृद्ध नगर बनाउनु पर्छ, त्यसमा सहकारीलाई आवद्ध गराईनेछ ।’

संजाल गठनले नगरका कार्यक्रममा समावेश गर्न सहज हुने, सहकारीको मर्जमा सघाउन पुर्याउने, रोजगार सृजना हुने खालका व्यवसाय र उत्पादनसंग जोडिने कार्य गर्न मद्धत पुग्ने मेयर वनको विश्वास छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>