चितवन विशेष

चितवन माविको व्यवस्थापन समितिमा काँग्रेसको असहमति

Banner

चितवन, साउन १२–

भरतपुर महानगरपालिका भित्र पूर्व सहमति विपरीत विद्यालय व्यवस्थापन समिती गठन गरिएको भन्दै नेपाली काँग्रेसले असहमति जनाएको छ ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा रहेका तीन वटा माध्यमिक विद्यालयमा एकलौटी समिति गठन गरेको भन्दै काँग्रेसको वडा समितीले बिरोध जनाएको हो । वडा नम्बर १० को पार्टी समितिले असहमति जनाउदै विद्यालय प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।

समय अनुकुल हुँदा पनि अभिभावकसंग छलफल नै नगरी एकलौटी रुपमा समिति गठन गरिएको भन्दै काँग्रेसले सांकेतिक बिरोध स्वरुप ज्ञापन पत्र बुझाएको काँग्रेस क्षेत्रीय प्रतिनिधि विनु रायमाझी पौडेलले जानकारी दिनुभयो । काँग्रेसले सोमबार चितवन माध्यमिक विद्यालयलाई बिरोध स्वरुप ज्ञापन पत्र बुझाइएको छ ।

भरतपुर–१० मा चितवन माविसंगै भरतपुर मावि र नारायण नमुना मावि पर्दछ । व्यवस्थापन समितिसहित शिक्षिक अभिभावक संघ गठनमा नेकपा र नेपाली काँग्रेसले भागबण्डाको सहमति गरेका थिए । सहमति अनुसार चितवन माविको अध्यक्ष काँग्रेसले पाउने थियो ।

लकडाउन सकिएपछि अभिभावकको भेला राखेर अध्यक्ष चुनिन कुनै कठिनाई नहुने अवस्थामा त्यसो नगरिएको काँग्रेसले जनाएको छ । व्यवस्थापन समितिमा पूर्वाग्राह राखेर काम गरिएको भन्दै प्रक्रिया खारेज गर्न काँग्रेसले माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>