Breaking News

थप १३९ कोरोना संक्रमित थपिए, ६२६ जना निको भएर घर फर्के

Banner

काठमाडौं, साउन १२-

पछिल्लो २४ घण्टामा थप १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२६ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन्।

प्रवक्ता गौतमका अनुसार याेसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५० रहेको छ।

नेपालमा कोरोनामुक्त हुनको संख्या १३ हजार ७५४ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>