Breaking News

सिद्धार्थ राजमार्गमा फेरि खस्यो पहिरो, बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध

Banner

पाल्पा, साउन १२–

सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेको छ । आइतबार रातीदेखिको भारी वर्षाका कारण सिद्धार्थ राजमार्गको तीन स्थानमा पहिरो खसेको हो । पहिरो खस्दा बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिरोले सडक अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर बुटवलबाट पाल्पा, स्याङजा, गुल्मी, कास्की, बागलुङ, पर्वत र अर्घाखाँची जिल्लातर्फ जाने र उताबाट बुटवलतर्फ आउने सवारी साधनहरु बीचमै रोकिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>