Breaking News

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै, सचेत रहन आग्रह

Banner

वीरगञ्ज, साउन ११–

नेपालमा पछिल्लो केहीदिन यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो केहीदिन यता हरेक दिन कोरोनाबाट मानिसको मृत्यु भइरहेको छ । आज (आइतबार) मात्रै कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

धनुषाको प्रादेशिक अस्पतालबाट धरान रेफर गर्दा बाटोमै मृत्यु भएका युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका धनुषाको शहीदनगर नगरपालिका– ८ डुमरियाका ३८ बर्षीय युवकको थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै मृत्यु भएको थियो । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले आइतबार साँझ ७ बजे युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको मेसु डा. मदन उपाध्यायले जानकारी दिए ।
मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो । उनको आइतबार बिहान ६ः१० मा मृत्यु भएको थियो । उनी वीरगञ्जस्थित आदर्शनगरमा व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

स्वास्थ्यकर्मीहरुले पछिल्लो समय मृत्युदर पनि बढ्न थालेकोले सतर्कता अपनाउन आग्रह गरेको छ । सरकारले लकडाउन अन्त्य गरेपछि अहिले मानिसहरुको भीडभाड बढेको छ । यसले संक्रमण फैलिन झनै जोखिम रहेकोले सतर्कता अपनाउन आग्रह गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>