चितवन विशेष

देवघाटमा अवैध माटो उत्खनन्, दासढुङ्गाबाट ट्रिपर नियन्त्रणमा

Banner

चितवन,साउन ११-

तनहुँको देवघाटमा अवैध माटो उत्खनन् रोकिएको छैन । गाँउपालिकाले रोक लगाएपनि माटोको अवैध रुपमा उत्खनन् र ओसारपसार भइरहेको पाइएको हो । आइतबार देवघाटबाट चितवनतर्फ ल्याउँदै गर्दा ट्रिपर सहित माटो प्रहरीले नियन्त्रणमा लिएको छ ।

देवघाट गाँउपालिका वडा नम्वर ५ कालिमाटीबाट ना ६ ख ३६८७ नम्वरको ट्रिपर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायव निरीक्षक उज्वल चिलवालले जानकारी दिनुभयो । उहाँले थप कारवाहीका लागी गाँउपालिकालाई पत्र काटिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>