चितवन विशेष

रत्ननगर मेलमिलाप केन्द्रको अध्यक्षमा चौधरी चयन

Banner

चितवन,साउन ११-

रत्ननगर मेलमिलाप केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा लक्ष्मी कुमारी चौधरीलाई चयन गरेको छ । केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । केन्द्रको उपाध्यक्षमा हरि बहादुर खड्का, सचिवमा रिता थापा चौधरी, सहसचिवमा विजय खनाल र कोषाध्यक्षमा रामचन्द्र दुवाडी चयन भएका छन ।

त्यसैगरी कार्यसमिति सदस्यमा रामशरण कुँवर,संगिता खनाल,विमला विक,कृष्ण अधिकारी,ज्वाला पुरी वन, रविता महतो, हरिभक्त घिमिरे, माला दाहाल, सुजता विष्ट पाण्डे, भूपेन्द्र अधिकारी, सपना बोहोरा, यज्ञ धमला, मीना बुढाथोकी, पार्वती घिमिरे, विष्णु भण्डारी कट्टेल र निर्वतमान अध्यक्षमा पार्वती न्यौपाने रहेका छन । निर्वाचन समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वद्रिनारायण शर्माले पदाधिकारी सहित कार्यमितिको नाम घोषणा गरेका थिए ।

घोषणा कार्यक्रमकी प्रमुख अतिथि उपमेयर तथा न्यायिक समितिकी संयोजक विमला दुवाडीले सहमतिकै आधारमा समिति गठन गरिएको भन्दै खुसी व्यक्त गरिन । सहमतिको आधारमा जुझारु टिम आएको छ उनले भनिन्, यसले विवाद सामधानको लागि महत्वपूर्ण काम गर्नेछ । मेलमिलाप केन्द्र न्यायिक समितिको महत्वपूर्ण अंकको रुपमा स्थापित भएको भन्दै उनले अबको मेलमिलाप केन्द्रले विवाद सामाधानमा विश्वासको वातावरण सृजना गर्नेमा विश्वास व्यक्त गरिन ।

नवनिर्वाचित अध्यक्ष चौधरीले विगतको अनुभव र अग्रजहरुको सुझाबका आधारमा विवाद सामाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाइन । साधारण सभा तथा अधिवेशनको अबसर पारेर केन्द्रले संस्थापक अध्यक्ष कमल भूषाल र न्याय सम्पादनमा सहयोग गर्ने परशुराम घिमिरेलाई सम्मान गरेको निर्वतन अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन । उद्घाटन कार्यक्रममा निर्वतमान अध्यक्ष न्यौपानेले मेलमिलाप केन्द्रले विवाद सामधानको लागि गरेका काम र प्रगति विवरण प्रस्तुत गरेकी थिइन ।

नगरपालिका भित्र हुने विभिन्न किसिमका विवाद मेलमिलापबाट सामाधान गर्दै आएको सो केन्द्र रत्ननगरका २०६० सालमा स्थापना भएको हो । नगर स्तरमा केन्द्र र १६ वटा वडामा वडा स्तरीय मेलमिलाप समिति रहेको छ । सकेसम्म केन्द्र र समितिले मिलाउने र नसके न्यायिक समितिमा पठाउने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>