Breaking News
थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज
०

काठमाडौं, साउन ११-
पछिल्लो २४ घण्टामा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमिति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन्।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा डिस्चार्ज हुने दर ७०.५ प्रतिशत रहेको गौतमले बताए। उनका अनुसार पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन्।
यससँगै कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार १२८ जना निको भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























