Breaking News
एकैदिन प्रदेश १ प्रहरी कार्यालयका १९ जनामा कोरोना संक्रमण
०

विराटनगर, साउन ११-
१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत १९ जना प्रहरीलाई कोरोना देखिएको छ । विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले रिपोर्ट आएको पुष्टि गरेका छन् ।
पाँच जना प्रहरी अधिकारीमा संक्रमण देखिएपछि सबै प्रहरीलाई क्वारेन्टिनमा राखेर परीक्षण थालिएको थियो । त्यसक्रममा कोरोना पुष्टि भएको हो ।
यसअघि पूर्वी नाका काँकरभिट्टामा कार्यरत १८ जना सशस्त्र प्रहरीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत चार जना अधिकारीमा पनि संक्रमण पुष्टि भएको छ ।
कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























