Breaking News
पूर्वडीआईजी कोइरालको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न अनुमति

काठमाडौँ, साउन ११ –
श्रीमती हत्यामा दोषी ठहर भएका पूर्वडीआईजी रञ्जन कोइरालामाथिको मुद्दामा फेरि सुनुवाइ हुने भएको छ।
श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ।
फैसलाविरुद्ध परेको निवेदनमाथि आइतबार सुनुवाई गर्दै सर्वौच्चकै तीन न्यायाधीश सम्मेलित पूर्ण इजलासले पुनरावलोकन गर्ने अनुमति दिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरवलोकनको निवेदन दिएपछि सर्वोच्चले पछिल्लो निर्णय गरेको हो।
संविधानको धारा १३३(४) र न्याय प्रशासन ऐन २०७३ को दफा ११ बमोजिम परेको निवेदनलाई न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजालसल पुनरावलोकनका लागि अनुमति दिएको सर्वोच्चले जनाएको छ ।
अनुमतिसँगै रञ्जनविरुद्ध दायर भएको कर्तव्य ज्यान मुद्दा शून्यबाट फेरि सुनुवाइको बाटो खुला भएको छ ।























