मकवानपुर

मकवानपुरमा पाँच वटा पक्की पुल निर्माण हुँदै

Banner

वाग्मती, साउन ११–

मकवानपुरको मनहरी गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजनाअन्तर्गत चालु आर्थिक वर्षमा रु ५३ करोडको लागतमा विभिन्न स्थानमा पाँचवटा पक्की पुल निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

दुई वर्ष ६ महिना निर्माण कार्ययोजना रहेको सो पुलको निर्माणका लागि बोलपत्रसमेत आह्वान भएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार गाउँपालिका–१ देखि ४ सम्मको विभिन्न खोलामा निर्माण गरिने पुलको चौडाइ करिब ६ मिटर हुने बताइएको छ ।

उक्त पुल निर्माणको लागि हाल रु १२ करोड बजेट विनियोजन भइसकेको छ । गाउँपालिका–१ देखि वडा ४ सम्म निर्माण हुने पक्की पुलबाट त्यहाँका करिब ५०० घरपरिवार लाभान्वित हुने र आवागमनमा सजिलो हुने बताइएको छ । यस्तै गाउँपालिका–३ को टाग्राखोला, वडा नं १ को फसिन खोला, च्यापल खोला, हाँडीखोला र ढाडोखोलामा पुल निर्माण हुने भएको छ । वडा नं ३ को हाँडिखोला पुलमा सबैभन्दा कम रु आठ करोड र ढाडोखोलामा सबैभन्दा बढी रु १३ करोडको लागतमा पुल निर्माण हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा शुरु गरेको पैदलमार्गको झोलुङ्गे पुल पनि यस वर्ष निर्माण सम्पन्न हुने गाउँपालिकाबाट थाहा भएको छ । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार गत आर्थिक वर्षमा स–साना गरी करिब दुई दर्जन पुल निर्माण भइसकेको जानकारी दिइएको छ । अध्यक्ष उप्रेतीले गाउँपालिकाको आर्थिक र व्यावसायिक विकास तथा आवागमनको कामलाई सहज बनाउन पुल र सडक निर्माणमा जोड दिइएको जानकारी दिनुभयो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>