चितवन विशेष

‘कोरोना पछिको युवा नेतृत्व र अनुभव’ का बारे युवा पुस्तासंग अन्तरक्रिया

Banner

चितवन, साउन ११–

सरकारले झण्डै चार महिनाको लकडाउन केही दिन पहिले अन्त्यको घोषणा गर्‍यो । अहिले बजारलगायत धेरै जसो क्षेत्र संचालनमा आइसकेको छ भने विद्यालय, पर्यटनलगायतका क्षेत्र संचालनमा तयारी छ । लकडाउन अन्त्यपछि मानिसहरुको चहलपहल बढ्दो छ । विस्तारै लकडाउनकै सन्दर्भमा विभिन्न कार्यक्रमहरु पनि संचालन हुन थालेका छन् ।

भरतपुर महानगरपालिका–१० स्थित शान्ति ईन्द्रेणी टोल विकास संस्था लि.ले यही लकडाउनको अवस्थालाई लिएर युवा पुस्तासंग अन्तरक्रिया कार्यक्रम गरेको छ । टोलका बालिकाहरुसंग ‘कोरोना पछिको युवा नेतृत्व र अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

दोभान पुस्तकालयको सभाहलमा गरिएको कार्यक्रममा गणेशबहादुर गुरुङ, विश्व बास्तोला र शर्मिला पण्डितले टोलका बालिकाहरुलाई कोरोनाको अनुभव सुनाउँदै युवाहरुको नेतृत्वको बारेमा प्रकाश पारेको कार्यक्रम संयोजक निर्मला पण्डित घिमिरेले जानकारी दिइन् । कार्यक्रममा बालबालिकाहरुले पनि आफ्नो अनुभव सुनाएका थिए ।

दोभान पुस्तकालयका कोषाध्यक्ष किरण पौडेलले व्यवस्थापन गरेको कार्यक्रम टोलका अध्यक्ष रेशमराज थापा (ऋषि)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>