चितवन विशेष

नारायणगढ बजार क्षेत्रको सडक डिभाइडरमा वृक्षरोपण

Banner

चितवन, साउन १०-

भरतपुरको मुख्य बजार क्षेत्र नारायणगढको लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा वृक्षरोपण गरिएको छ ।

भरतपुर महानगरपालिका, लायन्स क्लब अफ नारायणगढ बालकुमारी र एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा सो डिभाइडरमा वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण कार्यक्रमको उद्घाटन लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले गरे । गुलमोहरको बिरुवा रोप्दै भट्टले वृक्षरोपणले सौन्दर्यता झल्किनुका साथै वातावरणसमेत सफा रहने बताए । लायन्सचोकदेखि सहिदचोकसम्मको सडक डिभाइडरमा गुलमोहर, चमेलीलगायतका फूलका बिरुवाहरु रोपिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालगोपाल चुकेले बताए । उक्त डिभाइडरमा लगाइएको फूलका बिरुवाहरुको संरक्षण गर्नका लागि संस्थाले सक्दो भूमिका निर्वाह गरिरहेको चुकेको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>