चितवन विशेष

चितवनमा सरकारी छाप दस्तखत किर्ते गर्ने एक पक्राउ

Banner

चितवन, साउन ९–

चितवनमा सरकारी छाप दस्तखत किर्ते गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१३ बस्ने ३८ वर्षीय दीपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । उनलाई आजै चितवन जिल्ला अदालतमा पेश गरी जिल्ला कारागार भरतपुर पठाईएको छ ।

सरकारी छाप दस्तखत किर्ते गरेको भन्दै श्रेष्ठलाई चितवन जिल्ला अदालतले २०७२ असार २३ गते र २०७३ भदौं २७ गते फरक फरक फैशलामा ६ महिना र ११ महिना १३ दिन कैद फैसला गरेको थियो ।

फरार रहेका श्रेष्ठलाई चितवन प्रहरीले साउन ६ गते पक्राउ गर्न सफल भएको थियो । उनलाई जिल्ला अदालत पेश गर्दा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>