Breaking News

५० प्रतिशत कैद भुक्तान गरेका सबै कैदीलाई जेल मुक्त गर्नुपर्छः कृष्णभक्त पोखरेल

Banner

चितवन,साउन ९-

चितवनका सांसद कृष्णभक्त पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेका सबै कैदीलाई मुक्त गर्न माग गर्नुभएको छ ।आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार सम्बन्धी संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव राख्दै राज्यले आधा सजाय काटेका कैदीलाई रिहाई गर्न माग गर्नुभएको हो ।

‘अब जेल भर्ने हैन, एउटा निश्चित अवधि पूरा गरेपछि ५० प्रतिशत दण्ड सजाय बेहोर्छ भने सबै प्रकारका अपराधीलाई अब राज्यले एक पटकलाई छुट दिने व्यवस्था गर्नुपर्छ,उहाँले भन्नुभयो । अहिले संक्रमणकालीन अवस्था छ । यस्तो बेलामा कारागार भरेर राख्ने हैन त्यसमा छुट दिएर जाने प्रबन्ध गर्नुपर्छ ।’

उहाँले जेलमा कैदीले विशेष जिम्मेवारी वापत पाउने सुविधा अन्तर्गत कटौती गर्न नहुने बताउँदै कडा खालका सजाय पाएका कैदीलाई चौकीदार नाइके बन्नबाट रोक्न नहुने बताउनुभयो । उनीहरु सुध्रिएका छन् भने कारागार प्रशासनले त्यस्तो जिम्मेवारी दिन कन्जुस्याँई गर्न नहुने उहाँको भनाई छ ।

सांसद पोखरेलले नेपालमा रहेका कारागारको धेरै सुधार गर्न बाँकी रहेको बताउनुभयो । उनले नेपालको दण्ड प्रणाली जस्तालाई तस्तै गर्ने भन्दापनि सुधार गरेर जानुपर्ने बताउनुभयो ।

कारागार व्यवस्थापनका लागि विधेयक संशोधन गर्न लागिनु स्वागतयोग्य कदम भएको बताउँदै सांसद पोखरेलले ५० प्रतिशत कैद भुक्तान गरेकालाई रिहाई पुन आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>