Breaking News
वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुने संख्या ४४ पुग्यो
०

काठमाडौं, साउन ९-
वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।
नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायका अनुसार कोरोना संक्रमित एक ८५ वर्षीय दीर्घरोगी महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।
मुटुकाे दिर्घरोगी ती महिलालाई निमोनियाको लक्षण देखिएपछि वीरगञ्जको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो ।
पीसीआर परीक्षणमा कोभिड–१९ को पोजिटिभ रिपोर्ट आएपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो।
योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४४ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















