चितवन विशेष
अधिकारीद्धारा पत्रकार पराजुली र रिजालको पुस्तक महासंघलाई हस्तान्तरण

चितवन, साउन ९–
नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष एवंम् नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले पत्रकार वसन्त पराजुली र विनोदबाबु रिजालद्दारा लिखित पुस्तक पत्रकार महासंघलाई हस्तान्तरण गर्नु भएको छ ।
अधिकारीले पराजुलीद्दारा लिखित “कुमाता” र रिजालद्धारा लिखित “एकान्तबास” पुस्तक दश/दश थान महासंघका अध्यक्ष राधेश्याम खतिवाडालाई हस्तान्तरण गर्नु भएको हो । आफ्नो कान्छो छोरा साकार अधिकारीको जन्मोत्सबको अबसर पारि ती किताबहरु हस्तान्तरण गर्नु भएको हो ।
अधिकारीले भन्नुभयो “पुस्तक लेखक पत्रकारहरुलाई उर्जा मिलोस भनेर मैले छोराको जन्मदिनको अबसरमा संकल्प गरि महासंघलाई पुस्तक हस्तान्तरण गरेको हुँ ।” पुस्तक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कृष्ण गिरि सहितको उपस्थितिमा पुस्तक हस्तान्तरण गरिएको हो । सो अबसरमा लेखकहरु पराजुली र रिजाल संगै पुस्तकको बिक्रि गर्दै आउनु भएका सम्पूर्ण किताव लायन्सचोकका संञ्चालक लेखराम सापकोटाको उपस्थिति रहेको थियो ।
पुस्तक ग्रहण गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले यी पुस्तकहरु पत्रकार महासंघको पुस्तकालयमा राखिने जानकारी दिनुभयो । उहाँले पत्रकारहरुको लेखन क्षमताको कदर महासंघले गर्ने बताउनुभयो ।
पत्रकार पराजुलीद्धारा लिखित “कुमाता” भूडिपुराण प्रकासन प्रा.लि.र रिजालद्दारा लिखित “एकान्तबास” युरेका पव्लिकेसन प्रा.लि.ले प्रकाशन गरेको हो । “कुमाता” कथा संग्रह हो भने “एकान्तबास” लकडाउन डायरी हो ।
























