Breaking News

बाढीपहिरोले चितवनमा तरकारीको मूल्य बढ्यो

Banner

चितवन, साउन ८

बाढीपहिरोले बाटो बन्द हुँदा चितवनमा तरकारीको मूल्य बढेको छ ।

पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रमा डुबान हुँदा तरकारीको अभाव भई मूल्य बढ्न गएको हो ।

महानगर फलफूल तथा तरकारी बजारका प्रवन्ध निर्देशक थीरप्रसाद धितालले पहाडमा पहिरो र तराईमा डुबान हुँदा तरकारी आपूर्तिमा समस्या भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ काठमाडौँबाट आउने तरकारी समयमा आउन सकेको छैन । ढुवानी शुल्क बढ्न जाँदा तरकारीको मूल्य बढेको छ ।

त्यस्तै तरकारी व्यवसायी रामराज पाण्डेले लकडाउन र बाढीपहिरोले चितवनमा खोजेको तरकारी पनि पाउन नसकेको बताए । उनले तरकारी माग बमोजिम उपलब्ध नहुँदा मूल्य स्वभाविकरुपमा बढेको बताए । उनले भने, ‘बाढी पहिरोको अवस्था रहिरहे तरकारीको मूल्यले आकाश छुन्छ । लकडाउनमा चितवनको तरकारी नष्ट गरेको घटना र डुबानले गर्दा पनि किसानले तरकारी बारी मासेर धान खेती गर्न थालका छन् । ’

उनले १००० किलो आवश्यक पर्ने तरकारी पाँच केजी पनि पाउन नसकेको बताए ।  चितवनमा बाढी पहिरो जानुअघि क्रेटको ६०० पर्ने टमाटर अहिले ८५० सम्म पुगेको चितवनका व्यवसायीहरु बताउँछन् । बन्दा बिक्ने अहिलको समय नै नभए पनि बोराको ९०० सम्ममा बिक्री भइरहेको छ । तरकारी बजारका प्रवन्ध निर्देशक धितालले बाढी र डुबानका कारणले सबै तरकारीमा प्रति केजी ५ रुपैयाँसम्म बढेको बताए । यो अवस्था रहिरहे मूल्य अझै बढ्न सक्ने उनको अनुमान छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>