Breaking News

नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, १५६ निको भए

Banner

काठमाडौं, साउन ८-

पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन् ।

योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १२ हजार ८४० पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>