चितवन विशेष

निकुञ्जले माडीका चेपाङ समुदायको घर भत्काएकामा किसान महासंघको विरोध

Banner

चितवन,साउन ८-

अखिल नेपाल किसान महासंघले चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडी नगरपालिका ९ कुसुमखोलामा चेपाङ समुदायको घर भत्काइदिएकामा विरोध जनाएको छ ।

महासंघले उक्त घटना अमानवीय, गैर जिम्मेवार तथा श्रमजीवि किसान विरोधी हर्कत भन्दै भर्त्सना गरेको छ । उक्त काममा प्रत्यक्ष रुपले संलग्न निकुञ्ज प्रशासनका कर्मचारी र त्यसका लागि आदेश दिने निकायका पदाधिकारीलाई हदैसम्म कारबाही गर्न पनि महासंघले माग गरेको छ ।

संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार रहेका बेला यस्तो घटना हुनु दुखद भएको बताएको छ । ती किसानलाई तत्काल वैकल्‍पिक व्यवस्था गर्न, नष्ट भएको सम्पत्ति, अन्नपात तथा अन्य वस्तु क्षतिपूर्तिसहित दिन र देशभरका सुकुम्बासी र भूमिहीनका लागि खेतीयोग्य जमिन र सुरक्षित आवास प्रदान गर्न पनि महासंघले माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>