Breaking News

नारायणीको बहाब घटेसँगै चितवनमा बाढीले बगाएका पाँच शव फेला

Banner

चितवन, साउन ७-

निरन्तरको वर्षा रोकिएर नदीको बहाब घटेसँगै चितवनका विभिन्न ठाउँमा नदीले बगाएका पाँच शवहरु भेटिएका छन् । जसमा चार शवको पहिचान खुलेको छैन भने एक शवको पहिचान खुलेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा दुई जनाको बेवारिसे शव फेला परेको छ । जसमा एक जना अन्दाजी १४\१५ वर्षकी बालिका र अर्का एक पुरुष रहेको प्रहरीले जनाएको छ । दुवै शव नदीले पहाडतिरबाट बगाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ४० का सानो कान्छा भन्ने कर्णबहादुर सुनारको उनको वडा नम्बर १६ कै झनझने भन्ने ठाउँमा शव भेटिएको हो । उनी मंगलबार बिहान ११ बजे हराएका थिए । उनको आफन्तले नदी किनार वरीपरी खोजी गर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  भरतपुरकै वडा नम्बर १ गैँडाचोक नारायणी तिरस्थित नदी किनारमा अन्दाजी ५० वर्षीय एक महिलाको शव  भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले बताएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिको बुढी राप्ती खोलामा बगाएर ल्याएको अन्दाजी ५० वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>