Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डको यसरि हटाइदैछ पहिरो (फोटोफिचर)

Banner

चितवन, साउन ७-

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ ।

मंगलबारराती पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित बालुवा पुल नजिकै चट्टानसहितको ठूलो पहिरो खसेको हो । पहिरो खसेपछि अपरान्ह ४ः३० बजेदेखि संचालन आएको सो सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

१६ किलोमा आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।

सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो । त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो ।

पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>