Breaking News
नारायणगढ–मुग्लिन सडक खण्डमा फेरि खस्यो चट्टानसहितको ठूलो पहिरो
०

चितवन, साउन ६–
नारायणगढ–मुग्लिन सडक खण्डमा फेरि ठूलो पहिरो खसेको छ ।
आज (मंगलबार) राती पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्र किलो नजिकै चट्टानसहितको ठूलो पहिरो खसेको हो । पहिरो खसेपछि अपरान्ह ५ बजेदेखि संचालन आएको सो सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
सोही स्थानमा रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङले पहिरोबाट मानविय क्षति नभएको बताए । उनले भने–‘मानविय क्षति छैन, बाटो पूर्णरुपमा अवरुद्ध छ, यो बाटोको प्रयोग नगर्न सबैमा आग्रह गर्दछु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























