Breaking News

पूर्वीचितवन रत्ननगरका एक जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, साउन ६–

चितवनमा आज (मंगलबार) थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणमा रत्ननगर नगरपालिका–१३ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

ती पुरुषको बकुलहर रत्तनगर अस्पतालबाट स्वाब संकलन गरिएको हो । आज चितवनमा कुल ११२ वटा नमुनाको परीक्षण गरिएको थियो ।

चितवनमा हालसम्म कोरोना संक्रमितको संख्या ११३ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>