चितवन विशेष

पपुलर युनिसेक्स सैलुनको तेस्रो शाखा भरतपुरको दूरसञ्चार रोडमा

Banner

चितवन, साउन ६

भरतपुर चौबिसकोठी र सीजी ल्याण्डमार्कमा सेवा दिइरहेको पपुलर युनिसेक्स सैलुनको नयाँ शाखा भरतपुरको दूरसञ्चार रोडमा सुरु भएको छ ।

आज एक कार्यक्रमकाबीच सो शाखाको शुभारम्भ गरिएको हो । शाखा प्रवन्ध निर्देशक सुलभ सिग्देलले चौबिसकोठी र सीजी ल्याण्डमार्गमा सैलुन निकै सफल भएकोले अर्काे शाखा खोलिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘सफा, सुन्दर रहेको यस सैलुनमा कपाल काटीसकेपछि टाउको नुहाइदिने लगायतको सेवा दिइने भएकोले पनि युवा पुस्ताको माझमा भरतपुरमा चर्चित रहेको छ ।’

सीटीभीटीबाट मान्यता प्राप्त तालिम केन्द्रको रुपमा विकास गरिएको यस सैलुनमा १२ जनाले रोजगारी पाएको प्रवन्ध निर्देशक सिग्देलले बताए । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर स्थायी ठेगना भएका सिग्देल दुई वर्ष कतार बसेर देशमा नै केही नयाँ काम गर्ने उद्देश्यले नेपाल फर्किएका युवा हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>