Breaking News

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो(तस्वीरमा)

Banner

विनोद श्रेष्ठ,

चितवन,साउन ६-

सोमबार विहानैदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो हटाउने काम धमाधम भइरहेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो खसेको पहिरो हटाउन २४ घण्टासम्म हम्मे हम्मे परेको छ । सोमबार साँझसम्म हटाउने प्रयास गरिए पनि सफल भएन ।

निरन्तरको वर्षा र बेला बेला सोही स्थानमा खस्दै गएको पहिरोका कारण पहिरो हटाउन समस्या भएको हो । आज विहानैदेखि पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>