Breaking News

नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि खुल्ने संभावना कम

Banner

चितवन, साउन ६–

सोमबार विहानैदेखि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड आज (मंगलबार) पनि खुल्ने संभावना कम रहेको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो खसेको पहिरो हटाउन हम्मे हम्मे परेको छ ।

सोमबार साँझसम्म हटाउने प्रयास गरिए पनि सफल भएन । निरन्तरको वर्षा र बेला बेला सोही स्थानमा खस्दै गएको पहिरोका कारण पहिरो हटाउन समस्या भएको हो । आज (मंगलबार) विहानैदेखि पहिरो हटाउने तयारी गरिए पनि भीषण वर्षाका कारण अझै काम सुरु गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनले वर्षाका कारण आज पनि बाटो खुलाउन समस्या हुन सक्ने बताए ।

नारायणगढ–मुग्लिन सडक खण्डले आज दिउँसो १२ बजेपछि बाटो संचालनमा ल्याउने जनाएको थियो । तर निरन्तरको वर्षाको कारण आज खुल्ने संभावना कम रहेको छ ।

विहानै खसेको पहिरो हटाउन नसक्दा काठमाडौंलगायत स्थान प्रस्थान गरेका सवारी साधनहरु बाटोमै रोकिएका छन् । कतिपय सवारी साधनहरुलाई आँपटारी, रामनगरलगायत स्थानमा रोकिएको छ।

यस्तै सोमबार अपरान्ह चितवन र धादिङको सीमाना मौवा खोलोको एप्रोच सडकमा क्षति भएका कारण काठमाडौं जाने सवारी साधन अझै समस्यामा पर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>