Breaking News
भदौं १ गतेदेखि हवाई उडान सुरु गर्ने सरकारको निर्णय
०

काठमाडौं, साउन ५–
सरकारले आउँदो भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार उडानहरु कसरी सुचारु गर्ने भन्नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ ।
सरकारले चैत ९ गतदेखि अन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडान रोकेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























