Breaking News

चितवनमा त्रिशुलीको बाढीले दुई तले दुई घर बगायो, पाँच घर उच्च जोखिममा

Banner

चितवन, साउन ६–

चितवनमा दुई घर बाढीले बगाएको छ । अविरल वर्षासंगै त्रिशुली नदीमा आएको बाढीले मुग्लिनस्थित पानीधारामा रहेको दुई घर बगाएको हो ।

इच्छाकामना गाउँपालिका–५ स्थित दुई वटा दुई तले पक्की घरलाई त्रिशुली नदीले आज अपरान्ह बगाएको प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । उनले बाढीले घर पूर्ण रुपमा क्षति पु¥याएको बताए । जिल्ला उनका अनुसार विष्णुप्रसाद श्रेष्ठ र कुमार प्रसाद श्रेष्ठको दुई तले घर बाढीले बगाएको हो ।

घर बगाए पनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सोही ठाउँका अन्य पाँच घर पनि जोखिममा परेको छ ।

स्थानीय दिलकुमार श्रेष्ठ, रमेश कार्की, राजु भण्डारी, मानबहादुर विक र कुमार विकको घर जोखिममा रहेको प्रवक्ता थापाले जानकारी दिए । उनीहरुलाई समेत सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>