Breaking News

भरतपुर २६ को तीन गाउँमा नारायणी पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारिदै

Banner

चितवन, साउन ५–

चितवनको भरतपुर महानगरपालिका–२६ स्थित तीन गाउँमा नारायणी नदी पसेको छ । विहानैदेखि नारायणी नदीको बहाव बढ्दै गएपछि तीन गाउँमा बाढी पसेको हो ।

भरतपुर–२६ को भगडी, सिसुवार र सिसै भन्ने गाउँमा नारायणीको बाढी पसेको वडा अध्यक्ष ज्ञानप्रसाद खनालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले सबैभन्दा बढी भगडीमा बाढीले बस्ती डुबाएको जानकारी दिए । सो गाउँका झण्डै २३ घर डुबानमा परेको छ ।

अहिले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी भइरहेको वडाध्यक्ष खनालले बताए । उनले स्थानीय घरघारी स्कुलमा बाढी प्रभावित परिवारलाई राख्ने तयारी भइरहेको नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>