Breaking News
बितेको २४ घण्टामा नेपालमा १८६ जना कोरोना संक्रमित थपिए
०

काठमाडौं, साउन ५-
बितेको २४ घण्टामा नेपालमा थप १८६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २, ललितपुरका १ सहित १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार ९३६ जना र निको भएकासहित कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको गौतमले बताए ।
पछिल्लो २४ घण्टामा चार हजार २१६ जनाको पीसीआर परीक्षण भएको छ भने थप १७३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ । अहिलेसम्म संक्रमितमध्ये ६६.५१ प्रतिशत निको भएको पनि गौतमले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















