Breaking News

नारायणी नदीको वितण्डाः हात्तीको दुवै प्रतिमा बगायो (अपडेट)

Banner

चितवन, साउन ५–

नारायणी नदीमा आएको बाढीले दुई वटै हात्तीको प्रतिमा बगाएको छ । आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ ।

दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको एउटा प्रतिमा बगाएको थियो । केही समय पश्चात अर्को मुर्ती पनि बगाएको छ । हात्तीको प्रतिमा बगाउने डरले डोरीले बाँधेर राखिएको थियो । तर बहाव बढेसंगै डोरी चुढाएर प्रतिमा बगाएको हो ।

नारायणी नदीमा अहिले पानीको बहाव खतराको संकेत नाघेको छ । जल मापन केन्द्र देवघाटका अनुसार पानीको सतह ९.१२ मिटर पुगेको छ । यस्तै नारायणी पुल तर्फ पानीको सतह अहिले १२.१४ पुगेको छ । यसले खतराको संकेत नाघेको जनाउँछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>