Breaking News

चितवन र धादिङको सिमानामा मौवा खोला पुल भाँसियो

Banner

चितवन, साउन ५-

आइतबार रातिदेखि परेको निरन्तरको वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोलामा पुल  भासिएको छ ।

पुल भासिएपछि राजमार्गमा सवारीसाधन चल्न सकेका छैनन् । धादिङ प्रहरीले मौवा खोलाको पुल लच्किएर सडक भासिएको जनाएको छ । जोगिमारा प्रहरी कार्यालयका प्रहरी हवल्दार उपेन्द्र श्रेष्ठले आज बिहानबाट पुल भासिएर मानिससमेत हिड्न नसक्ने भएको नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>