Breaking News

बोलबल मेलामा रोक लगाएपछि देवघाटधाममा भक्तजन न्यून

Banner

चितवन,साउन ५-

पवित्र तीर्थस्थल देवघाटधाम साउनको पहिलो सोमबार भक्तजनको न्यून उपस्थिति छ । विगतका बर्षहरुमा लाखौ भक्तजन स्नानका लागि आउने देवघाट कोरोना (कोभिड १९) का कारण सुनसान जस्तै बनेको हो । देवघाट क्षेत्र विकास समितिले विगतका बर्षहरुमा नियमित गर्दै आएको बोलबम मेला यसबर्ष रोकेको छ । समितिले स्नानका लागि समेत नआउन भक्तजनहरुलाई आग्रह गरेको छ ।

समितिका अध्यक्ष शिवराज पौडेलले स्नानका लागि खासगरी बृद्धबृद्धाहरु बढि आउने र उनीहरु कोरोनाको उच्च जोखिममा रहेकाले रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो,“देवघाट मै बस्नेहरु पनि अधिकांस बृद्धबृद्धा हुनुहुन्छ,उहाँहरुलाई समेत संक्रमण नफैलियोस भन्नका लागि रोक लगाएका हौं ।” उहाँले चितवन, तनहुँ र नवलपुर प्रशासनले पनि सूचना जारी गरेर देवघाटमा स्नानका लागि नआउन आग्रह गरेको बताउनुभयो । पहिलो सोमबार फाट्ट फुट्ट मात्र भक्तजनहरु देवघाट आएको पौडेलले जानकारी दिनुभयो ।

देवघाटमा करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । “एकहप्ता अघिदेखि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका हौं”, पौडेलले भन्नुभयो ।साउनका हरेक सोमबार हजारौं तीर्थयात्री देवघाट आउथे र स्नान, पूजापाठ गरी फर्किन्थे । तर, अहिले सहज समय नभएपछि पूर्वतयारी पनि नगरिएको देवघाट क्षेत्रविकास समितिले जानकारी दिएको छ ।

देवघाट धाम परापूर्वकाल देखि पवित्र तिर्थ स्थलको रुपमा परिचित रहेको छ । धर्मशास्त्रमा उल्लेख भए अनुसार यस भूमिमा परापूर्वकालमा देवताहरु बसोवास गर्नुभएकोले यस पवित्र भूमिको नाम देवघाट रहन गएको हो भनि उल्लेख गरिएको छ । हिन्दु धर्म शास्त्रमा उल्लेख गरिए अनुसार चारधाम क्षेत्र स्नान गरेर यस तिर्थमा स्नान् गरिएको छैन भने मानव जिवन व्यर्थ हुने साथै अन्यत्र तिर्थ नगई यस तिर्थमा मात्र स्नान् गरेमात्र पनि चारधाम तिर्थ गए बराबरको पूण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

साउन महिना भगवान शिबको प्रिय महिना भएकोले यो महिनामा पुर्णरुपमा शाकाहारी भएर ब्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने बिश्वास राखेर पुर्ण निष्ठा र आदरका साथ भगवान शिवको पुजा आरधना गरिन्छ । बिवाहित तथा अबिवाहित महिलाहरुले हातमा हरियो पहेँलो चुरा, मेहन्दी र गेरुवा बस्त्र धारण गरेर शिब महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगेर बेलपत्र , जल, दूध, भाङ, धतुरो लगायतका सामाग्रीहरु चढाएर भगवान शिवको पुजा गर्ने गर्दछन ।

तस्वीरः रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>