Breaking News

नेकपा चितवनले भन्यो: प्रचण्डको निर्वाचन क्षेत्रमा भएको आगजनी अमानवीय

Banner

चितवन, साउन ५-

नेपाल कम्युनिस्ट पार्टी नेकपा चितवनले गत शनिबार माडी नगरपालिका–९ कुसुमखोलामा रहेको सुकमबासी चेपाङ समुदायका घरहरुमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गर्नुका साथै हात्ती लगाएर घर भत्काएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा समेत रहेको उक्त बस्तीलाई उचित स्थानान्तरण र पक्की आवास निर्माणको काम माडी नगरपालिकाले गरिराखेको बेला उक्त योजनामा समेत अवरोध पु¥याउने गरी सो काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा दाङबहादुर प्रजा र दीपबहादुर चेपाङको घरमा आगजनी र अन्य आठवटा घरहरुमा हात्ती लगाई भत्काइएको घटनाको पार्टी घोर निन्दा र भ्रत्र्सना गर्दछ भनिएको छ ।

विज्ञप्तिमा वि.सं २०५३ सालमा जनताले गरेको सुकुमबासी संघर्षपछि चितवनको माडी–९ मा हजारौँको संख्यामा सुकुमबासीहरु बसोवास गर्दै आइरहेको भन्दै उनीहरुको यथोचित व्यवस्थापन र न्यूनतम मानवीय आवश्यकता पूरा गराउन हाम्रो पार्टी निरन्तर संघर्षमै रहेको उल्लेख छ । यस्तै वर्षातको समयमा न्यूनतम मानवीयता समेत नराखी स्थानीय सरकार र राजनीतिक दलहरुसँगको परामर्श र समन्वय नगरी चितवन राष्ट्रिय निकुञ्जले गरेको यस प्रकारको जनविरोधी कार्य गरिएको भन्दै विज्ञप्तिमा विरोध जनाइएको छ । विज्ञप्तिमा सुकुमबासीका दीर्घकालिन समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण गराउँदै दोषी उपर कडा कारबाही र घरबार बिहीन जनताको पुनर्वासका लागि जोडदार माग पनि गरिएको छ ।

bigyapti_20200720_0001

त्यस्तै अविरल वर्षाका कारणले बाढी पहिरोजस्ता विपतहरु आउन सक्ने र धनजनको क्षति हुने सम्भावना भइरहेको हुँदा  विपतका पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि तम्तयार रहन सम्पूर्ण कार्यकर्तापंक्ति र आम जनसमुदायलाई पाटीले पनि अनुरोध गरेको छ । त्यसैगरी आगजनी भएको घटनाप्रति विभिन्न संघसंस्था र राजनीतिक दलले आपत्ति जनाएका छन् ।

ddc

शनिबार चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्तीलगाएर घरहरु भत्काएकोमा जिल्ला समन्वय समिति चितवनले यस घटनाको घोर भत्र्सना गरेको छ । जिसस चितवन प्रमुख कृष्णकुमार डल्लाकोटीले सोमबार एक विज्ञप्ति जारी गरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुमबासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय कार्य भएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

लामो समयदेखि बस्दै आएको सुकुमबासी बस्तीमा उपयुक्त अर्को विकल्प बिनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्यप्रति खेद व्यक्त गर्दै घरबारविहीन बनाइएका ती सुकुमबासी चेपाङहरुको उचित व्यवस्थापन र क्षतीपूर्तीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
‘विसं. २०५३ सालबाट सो ठाउँमा बस्दै आएका सुकुमबासी चेपाङलाई बसोबास गरी आएको स्थानबाट हटाउन स्थानीय सरकार वा सरोकारवाला कुनै पनि निकायसँग समन्वय नगरी वर्षात्को समयमा अमानवीयतापूर्वक उनीहरुको लत्ताकपडा, महत्वपूर्ण कागजात तथा निमेक गरेर कमाएको रकम तथा अन्नपात समेत पूर्णरुपमा नष्ट हुनेगरी दुई घरमा आगो लगाउने तथा ८ वटा घरहरु हात्ती लगाएर भत्काउने जस्तो निकृष्ट र अमानवीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी सोही घटनाप्रति साझा पार्टी चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भूमीहिन नागरिकप्रति राज्यको निकायले गरेको उक्त अत्यन्त असंवेदनशील र अमानवीय ज्यादतीको हामी कडा शव्दमा निन्दा गर्दछौँ।

सुकुमबासी समस्या समाधानका लागि दशकौँ यता गरिएका सरकारी प्रयासहरूले समस्या समाधान गर्नेभन्दा पनि सुकुमबासीको संख्या झन् थपिँदै गएको तितो यथार्थ हामी सामू छ। समस्या समाधानका लागि भन्दै सरकारले हालै अर्काे आयोग गठन गरेको स्थितिमा आगो लगाएर सुकुमबासी बस्ती उठाउने जस्तो आततायी कार्य लोकतान्त्रिक मुलुकमा कल्पना गर्नसम्म नसकिने विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नमाथि कडा कानूनी कारबाही गर्न साझा पार्टी चितवनले सरकारसँग जोडदार माग पनि गरेको छ ।  त्यस्तै विज्ञप्तिमा माडी क्षेत्रका नागरिकप्रति निकुञ्ज प्रशासनको बर्षाैयताको असंवेदनशील व्यवहार सच्याउन पनि माग गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>