Breaking News

साउने सोमबारमा मन्दिर नखुले पनि पशुपतिनाथ पुगे भक्तजन (तस्बिरहरु)

Banner

काठमाडौँ, साउन ५-

कोभिड– १९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दी जारी रहेकोले पूजा गर्न मन्दिरको ढोका भने खुलेको छैन । तर साउनको पहिलो सामबार केही तिर्थालुहरु पशुपति परिषरमा बाहिरैबाट दर्शन तथा पूजाका लागि पुगेका छन् ।

मुल मन्दिर खुला नभए पनि पशुपति परिषरका अरु मठ–मन्दिरमा थोरै संख्यामा दर्शनार्थीहरुले पूजा गरेका छन् ।

सामान्य अवस्थामा पशुपति मन्दिरमा साउने सोमबार झण्डै एक लाख दर्शनार्थी पुग्ने गर्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण लकडाउन हुँदा मठ मन्दिर पनि बन्द छन् ।

पशुपतिमा नित्य पूजा मात्रै हुँदै आएको छ । भिड हुने गरी मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोरोना महामारीका कारण यसपटक मन्दिर नखुलेको हो। त्यहाँ पुग्ने भक्तजन पनि मुखमा मास्क लगाएरै पुगेका थिए भने त्यहीँ बस्ने बाबाहरुको मुखमा पनि मास्क देखिन्थ्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>