Breaking News

यसरी खस्यो मुग्लिन सडक खण्डमा पहिरो, आज दिनभर सडक खुल्ने संभावना कम (फोटोफिचर)

Banner

विनोद श्रेष्ठ

चितवन, साउन ५–

निरन्तरको वर्षा र पहिरो खस्ने क्रम अझै नरोकिएपछि आज (सोमबार) नारायणगढ–मुग्लिन सडक खण्ड खुल्ने संभावना कम भएको छ । विहान ५ बजेदेखि इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

वर्षासंगै अझै ससाना पहिरो खस्दै गरेकाले पहिरो हटाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

पहिरो हटाउनका लागि दुई वटा लोडर र एक्साभेटर तयार छ तर वर्षाका कारण हटाउन हटाउन सकिएको छैन । वर्षा रोकिदा पहिरो हटाउन सुरु गरिए पनि पुनः वर्षा भएपछि अहिले हटाउने काम रोकिएको छ ।

मुग्लिनबाट थप एउटा मेसिन पहिरा हटाउन ल्याईएको छ । यस सडक खण्डका विभिन्न स्थानमा पनि ससाना पहिरो खसेकाले आज दिनभर सडक खुल्ने संभावना कम रहेको छ ।

तस्विरः विनोद श्रेष्ठ/नारायणी अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>