कर्पोरेट
शाओमीको राउटर सार्वजनिक

चितवन, साउन ४-
शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा पहिलो स्मार्ट मी राउटर ४ सी सार्वजनिक गरेको छ ।
कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै राउटरको बारेमा जानकारी गराएको हो । जुन उपयोग, गति र दायराको सजिलोका लागि अनुकूल भएको र स्मार्टफोनमा भएको स्मार्ट मी वाई—फाई एपबाट पहुँच गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । प्रत्येक घरको सेटिंगमा मिल्ने आधुनिक डिजाइनको विशेषता भएको मी राउटर ४ सी तपाइँको लागि उचित होम नेटवर्क कनेक्सन हो । यो विशाल घरको सबैतिर मजबुत र स्थिर सिग्नल प्रवाह गर्न चार उच्च—लाभ बाह्य एन्टेनाले सुसज्जित छ । यसको साथै ८०२.११ एन वाई—फाई टेक्नोलोजीद्वारा सक्षम मी राउटर ४सी अधिकतम ३०० एमबीपीएस को नेटवर्क गतिसम्म पुग्न सक्ने जनाइएको छ ।
विज्ञप्तिमा यसमा भएको डुअल कोर सीपीयू र ६४ एमबी ठूलो ¥यामले ३२ वटा डिभाइससम्म छिटो र स्थिर कनेक्सन सुनिश्चित गर्ने उल्लेख छ । मी वाई—फाई एपमार्फत, प्रयोगकर्ताले सजिलै यो उपकरण सेटअप गर्न सक्दछन् र प्यारेन्टल कन्ट्रोल र गेस्ट नेटवर्क सेटिंग जस्ता स्मार्ट फंग्क्शन यसमा पहुँच गर्न सक्दछन् ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नेपालमा गैर—स्मार्टफोन उत्पादनहरु भित्र्याउन र यसै प्रक्रियामा सबैलाई नविनतम प्रविधि ल्याउँन प्रतिबद्ध छौं । देशमा द्रुर्त वृद्धि भइरहेको इन्टरनेट जनसंख्याका साथ हामीले वर्तमान राउटर बजारमा केही कमी देख्यौं । आकर्षक विशेषता र गेम परिवर्तन गर्ने मूल्यका साथ मी राउटर ४सी ले नेपालको राउटर बजारमा परिवर्तन ल्याउने छ ।” मी राउटर ४सी २३९९ रुपैयाँ मूल्यमा आजदेखि सबै मी प्रिफर्ड् पार्टनरहरु, मी अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनर सस्तोडिलमा खरिदका लागि उपलब्ध हुनेछ ।
























